राति ८ बजेपछि निर्माणकार्य गर्न काठमाडौँ महानगरको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण तथा मर्मत गर्दा व्यवस्थित र सुरक्षित तवरले गर्न आग्रह गरेको छ। 

सडकपेटी क्षेत्रमा निर्माण सामग्री खसाली सडक अवरोध वा सडकपेटीमा धूलो पोहोर राख्न वा छोड्न नपाइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ। कुनै पनि सार्वजनिक निकायले सडक पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा त्यस्तो क्षेत्रमा निर्माणस्थल संकेतसहित छेकबार लगाउन महानगरको निर्देशन छ।

सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकेसमम रातिको ८ बजेपछि मात्र गर्न/गराउन प्रबन्ध मिलाउन आग्रह गरेको हो। 

निर्माणस्थलमा घेरावार नलगाई वा संकेत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्न सक्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।