रवि लामिछानेका चालक घरको छतबाट खसेर गम्भीर घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा घरको छतबाट हाम फालेका छन्। भरतपुर-११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षका थापाले गएराती १२ बजेतिर छतबाट हाम फालेका हुन्। 

गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितले बताए। उनको टाउको र खुट्टामा चोट लागेको छ। घटना रहस्यमय रहेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।