सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीहरु माथि अख्तियारले सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गरेको, सम्झौतामा उल्लेख भएभन्दा फरक देशमा उत्पादिक जेनेटेर स्वीकार गरी भुक्तानी गरेको, कामै नगरी संरचना संचालनवापत अग्रिम रुपमा भुक्तानी दिएको लगायत आरोप लगाएको छ ।

अख्तियारले निर्देशक पौडेलसहित मेकानिकलतर्फका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृतहरु शिरिष उपाध्याय, मनिकमान महर्जन, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि मुद्दा दायर गरेको हो ।

अख्तियारले कार्यकारी निर्देशक पौडेलले ६९ करोड ८ लाख, सीडीई पोखरेलले ४९ करोड ४६ लाख, सहायक निर्देशक पोखरेलले २० करोड, शाखा अधिकृत महर्जनले ३ करोड ४४ लाख, शाखा अधिकृत उपाध्यायले ४० करोड, लेखा अधिकृत बुढाले १९ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेको छ ।

त्यस्तै, भुवन महर्जनले ४३ करोड ५७ लाख, मिल लाल गुरौंले ८ करोड ६९ लाख र रोहित मान प्रधानले २३ करोड ४४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।