आठौंपटक मन्त्रिपरिषद् विस्तार, ‘प्रचण्ड’ सरकारले अझै पाएन् पूर्णता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बनेका छन् । उनले शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

साउद तेस्रोपटक मन्त्री बनेका छन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

प्रधानमन्त्री नियुक्त भएको चार महिना पुग्नै लाग्दा पनि दाहालले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

परराष्ट्रबाहेक अझै प्रधानमन्त्रीसँग स्वास्थ्य, कानुन, वन, खेलकुद र खानेपानी मन्त्रालयको जिम्मेवारी बाँकी छ । बाँकी मन्त्रीको टुंगो भने सम्भवतः वैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै हुने आकलन छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।