कीर्तिमानी आरोही पूर्णिामाका बुबालाई राष्ट्रपति भवन छिर्न निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार राष्ट्रपति भवनमा पदक पाएकी थिइन कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पदक पाएको दृश्य हेर्न गोरखाबाट आएका बुबालाई भने राष्ट्रपति भवन छिर्न निषेध गरियो।

आफूले बुबालाई गेट बाहिर राखेर पदक पाएकोमा मन अमिलो भएको श्रेष्ठले आफ्नो सामाजिक संजालमा लेखेकी छिन् ।

आठ हजारमाथिका सगरमाथासहित सात हिमाल आरोहण गरेकी श्रेष्ठले लेखेकी छन्, ‘बुबालाई राष्ट्रपति र राष्ट्रपति भवन हेर्न निकै ठूलो इच्छा थियो।

 यसैको लागि भनेर आरुघाट, गोरखाबाट आउनु भयो तर मसँगै जानु भएको बुबालाई गेटबाट भित्र जान दिएन र निराश हुँदै फर्किनुभयो। यता पुरस्कार पाउँदा पनि मेरो मन भने अमिलो थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।