आइएमईले ल्यायो ‘७ मा ७’अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमईले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने नाराका साथ नयाँ योजना ल्याएको छ ।

यस अफर अन्तर्गत विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता सातै प्रदेशबाट १ जनाका दरले  ७ जना गरी ४ हप्तामा कुल २८ जनाले नगद पुरस्कार पाउने छन् ।

विजेताले जनही ७ हजार रुपैयाँ नगद पाउने छन् । यो योजना अनु वैशाख १ गतेदेखि ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यस योजनामा आइएमई वा आइएमईका साझेदारहरु मार्फत पैसा पठाई आइएमई एजेन्टबाट प्राप्त गरेको हुनुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।