महासङ्घको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन्।

त्रिपक्षीय प्रतिस्पर्धामा वैद्यले ४३ मत ल्याएर विजयी भए। यस्तै, अरुणराज सुमार्गीले ३७ तथा दिनेश श्रेष्ठले ३४ मत ल्याए। दिनेश श्रेष्ठ अहिलेको जिल्ला नगर उपाध्यक्ष हुन्। उनी लगातार तीन कार्यकालसम्म जिल्ला नगर उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए।

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको लागि त्रिपक्षीय प्रतिस्पर्धा छ। वस्तुगतमा उमेश प्यानलका हेमराज ढकाल विजयी भएका छन्।

कार्यसमिति सदस्यमा भने उमेश श्रेष्ठ प्यानलका अहिलेसम्म बढी विजयी भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।