सिन्धुलीमा कार दुर्घटना, चारजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धुलीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको कमलामाई नगरपालिका–३ मा कार दुर्घटना हुँदा तीनको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको हो ।   

बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार गएराति साढे १२ बजे कमलामाईस्थित गढी गेट नजिक दुर्घटना भएको   प्रहरीले जनाएको छ ।  

कार करिब ५०० मिटर तल खसेको थियो । मृत्यु भएकाको सनाखत हुन बाँकी छ । कारमा पाँचजना सवार थिए । अहिले मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।