कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति सार्वजनिक, जग्गा किन्न ९० लाख ऋण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्की र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा सोमबार मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरणमा झापाको गौरादहमा सगोलमा रहेका २ वटा घर देखिएका छन् । दाजु दीपक कार्की र उनको नाममा गौरादह-१ र गौरादहमा पक्की घर छन् जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको विवरणमा उल्लेख छ।

त्यस्तै श्रीमती अन्जना पाण्डे कार्कीको नाममा ललितपुरको महालक्ष्मी नगरपालिका-४ मा ७ आना र ९ आनाका २ वटा घडेरी रहेका छन् । २०७७ सालमा १ करोड ४० लाख बराबरको उक्त घडेरी किन्न एभरेस्ट बैंकबाट ९० लाख ऋण लिइएको विवरणमा उल्लेख छ ।

त्यस्तै मुख्यमन्त्री कार्कीको नाममा विभिन्न बैंकमा खाता भए पनि मौज्दात भने न्यूनतम भएको उल्लेख गरिएको छ । त्यस्तै पैतृक सम्पत्तिको बिक्रीबाट कार्की दम्पतीले करिब ३३ लाख बराबरको विभिन्न कम्पनीमा शेयर किनेका छन्। जग्गा किन्न लिएको ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको पनि मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।