सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आइतबार सार्वजनिक भएको सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडिओको विषयमा छानविन गर्न संसदीय समिति बनाउन उनले माग गरेका हुन्।

‘प्रतिनिधि सभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो गफगाफमा लाग्छ। त्यो पारदर्शी ढंगले गफगाफ गरेको देखिन्छ। यो भन्दा लज्जाबोध के हुनसक्छ सभामुख महोदय, अनि सुन्छु मैले- दुधको साक्षी बिरालो बसेको पनि यहीँ सुन्दैछु। यो भन्दा बिडम्बना के हुनसक्छ?,’ उनले भने।

गुरुङले प्रश्न गरे, ‘मन्त्री बन्‍नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ ?’ सांसद श्रेष्ठले कोर टिमले रकम माग गर्न लगाएको भनी टेलिफोनमा भनेको उल्लेख गर्दै त्यो कोर टिम भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले उक्त कोर टिमबारे पनि छानबिन हुनुपर्ने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।