२०८० सालमा बिहेको लगन ३५ दिन, वैशाखमा ४ दिन मात्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी वर्ष २०८० मा ३५ वटा विवाहको लगन परेका छन्।
पाञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार साउन, भदौ, असोज, कात्तिक, पुस र
चैत महिनामा एक दिन पनि बिहेको लगन छैन ।

वैशाखमा ४, जेठमा ९, असारमा ३, मंसिरमा ८, माघमा ६ र फागुनमा ५ दिन गरी
३५ वटा विवाहको लगन रहेको छ। वैशाख १५ गते वृहस्पति उदाउने भएकाले १९
गतेपछि मात्र शुभ कार्यका लगन छन्। यस महिनाको १९, २०, २७ र २८ गते विवाहको
लगन छ।

जेठमा २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते तथा असारमा ७, ८ र ११ गरी तीन दिन विवाहको लगन छ।

यस्तै, विवाहको मुख्य सिजन मंसिर १२, १३, १८, २१, २३, २८, २९ र ३० गते
लगन भएको घिमिरेले बताए। माघमा २, १६, १७, २१, २३ र २९ तथा फागुनमा १९, २१,
२२, २३ र २४ गरी पाँच दिन लगन छन्।

त्यसैगरी, ब्रतबन्धका भने जम्मा ९ वटा मात्र लगन छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।