पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पाटन क्याम्पसमा शनिबार स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते रोकिएको निर्वाचन हुन लागेको हो। 

अहिले केही बेरमा सुरु हुने मतदानको समय बेलुकी ४ बजेसम्म तोकिएको छ । करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि ६ उम्मेदवारले उम्मेदवारी दिएका छन्। 

त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो। उक्त मितिमा ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो। 

विद्यार्थी संगठनको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। बाँकी क्याम्पसमा चैत ३० गते स्ववियु निर्वाचन हुने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।