स्वास्थ्य सेवा प्रवर्धनका लागि एनआईसी एशिया र महानगरबीच समझदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिका र एनआईसी एशिया बैङ्कबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। बुधबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको समझदारीमा महानगरकाकाा तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले र बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनराज न्यौपानेले हस्ताक्षर गरेका छन्। 

महानगरका वडा नं. ५, ७, ८, १५ र २६ गरी ५ वटा स्वास्थ्य प्रवर्द्धन केन्द्र, हरेकमा ४ जना जनशक्ति नियुक्त हुनेछन्। यसरी नियुक्त हुने स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब बैङ्कले व्याहाेर्ने गरी समझदारी भएको हो। 

केन्द्रमा महानगरले आठौँ तहको मेडिकल अफिसर, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी नियुक्त गर्नेछ। उनीहरूले प्राप्त गर्ने तलब सरकारी स्केल बमोजिमको हुनेछ। 

सहमति पत्रका विषयमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले सहयोग गर्ने भएकाले सहकार्य गरिएको बताए। त्यस क्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले, महानगरका शहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा रूपान्तरण गर्न सहकार्य थालिएको बताए।  

शहरी स्वास्थ्य क्लिनिकलाई प्रवर्द्धन केन्द्रमा रूपान्तरणसँगै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको भनाइ छ। 

बैङ्कसँगको सहकार्यमा सञ्चालन हुने केन्द्रहरू वैशाख ७ गतेभित्र सञ्चालनमा ल्याइसक्ने बाँकी क्लिनिकलाई चालू आर्थिक वर्षको अन्त्यसम्म सञ्चालन गरिसक्ने विभागको योजना छ।   

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।