कोलकातासँग बैंगलोरको लज्जास्पद हार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले  रोयल च्यालेन्जर्स बेङ्लोरलाई पराजित गरेको छ। 

घरेलु मैदान इडेन गार्डेनमा कोलकाताले बेङ्लोरविरुद्ध ८१ रनको फराकिलो जित निकाल्यो। कोलकाताको यो पहिलो जित हो भने बेङ्लोरको यो पहिलो हार।

कोलकाताले दिएको  २०५ रनको लक्ष्य पछ्याउने क्रममा बेङ्लोरले १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो। त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनको बनाएको थियो।

बेङ्लोरका कप्तान फाफ डु प्लेसिसले २३ रन बनाए। विराट कोहलीले २१, डेविड विलीले २०, मिचेल ब्रासवेलले १९ र आकास दीपले १७ रन बनाए। बेङ्लोरलाई सस्तैमा समेट्न कोलकाताका वरुन चक्रवर्तीले चार विकेट लिए। सुयास शर्माले तीन तथा सुनिल नारनले दुई र शार्दुल ठाकुरले एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको  कोलकाताका शार्दुल ठाकुरले ६८ रन बनाएका थिए। ओपनर रहमनुल्लाह गुर्बजले ५७ रन बनाए भने रिन्कु सिंहले ४६ रनको पाली खेले। 

बेङ्लोरका कर्न शर्मा र डेविड विलीले समान दुई विकेट लिए। मोहम्मद सिराज, मिचेल ब्रासवेल र हर्सल पटेलले समान एक विकेट लिए।

जितसँगै दुई खेलबाट दुई अंक जोडेको कोलकाता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट दुई अंक जोडेको बेङ्लोर तालिकाको सातौँ स्थानमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।