आइएमई पेबाट ४ एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’वालेट मार्फत ४ एयरलाइन्स कम्पनीको टिकट काट्न मिल्ने भएको छ ।

आइएमई पेले आफ्नो एपमा रिफन्डेबल एयरलाइन्स टिकट फिचर थप्दै यस्तो सुविधा दिएको हो ।

ग्राहकले अब आइएमई पेबाट आन्तरिक उडानको रिफन्डेबल टिकट काट्न सक्ने भएका हुन् । ग्राहकले आइएमई पेमार्फत अब श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकट सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन्।

यस्तै, ग्राहकले आइएमई पेबाट यी एयरलाइन्सको टिकट काट्दा उच्चतम क्यासब्याकका साथै हवाई टिकट समेत पाउने छन् । साथै, रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको सबै शुल्क रिफन्ड पनि पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।