बिग्रिएको सडक ७ दिनमा बनाउने सहमतिपछि उठ्यो फोहोर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको भन्दै वीरगञ्ज महानगरपालिकाले टेलिकमको परिसरमा थुपारेको फोहोर उठाएको छ ।

बिग्रिएको सडक ७ दिनमा बनाउने सहमतिपछि फोहोर हटाएको हो ।

निर्माणका लागि पटक९पटक आग्रह गर्दा पनि अटेर गरेपछि वीरगञ्जको श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरूप फोहोर खसालेको थियो ।

टेलिकमले ठेकेदार कम्पनीले फाइबर बिछयाउनको लागि ठेक्का लिएको तथा फुटपाथमा रहेको ब्लक ल्याउने कार्य भइरहेकाले एक हप्ताभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

उक्त फोहोरलाई महानगरले हटाएर सरसफाइसमेत गरेको छ।टेलिकमले खनिएको फुटपाथ मर्मत गर्ने तथा एक हप्ताभित्रै बाँकी रहेको थोरै काम सम्पन्न गर्ने पत्र महानगरपालिकालाई पठाएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।