मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिटरव्याज पीडितको अर्को समूह आज काठमाडौँ आइपुगेको छ ।

देशभरका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याजपीडितको दोस्रो टोलीले सोमवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

साहुलाई वर्षौँदेखि चर्को ब्याज तिर्दै आएपनी ऋण नसकिएको बरू आफ्नै घरखेत हडपिएको भन्दै पिडितहरूको अर्को समूह यसअघि नै काठमाडौँमा आएर आन्दोलन गरिरहेको छ ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आवद्ध भएर पीडितहरुले ‘किसानको भूमि फिर्ता गर, फर्जि तमसुकका आधारमा भूमि लिलामी बन्द गर, मिटरब्याजीलाई कारबाही गर, झुटा आश्वासन बन्द गर, उत्पिडित किसान एक हौं’ जस्ता नारा समेत लगाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।