काठमाडौं । नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।
यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको छ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ६५ रुपैयाँ।
Comment