महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत व्याजदरमा आवास र व्यवसायिक कर्जा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। महालक्ष्मी विकास बैंकले घर किन्न १२.९९ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले नेपाली नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो ।

बैंकले आवास कर्जा अन्तर्गत घर किन्न वा निर्माण गर्न चाहनेलाई लक्षित गर्दै १२.९९ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको हो।

महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिने भएको छ । उक्त छुट सुविधा सीमित अवधिका लागि रहेको बैंकले जनाएको छ।

आवास कर्जा योजना अन्तर्गत ऋणीका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु पनि दिने छ। उक्त सुविधा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।