बजेटमा करका दर हेरफेरको आरोप लागेका घिमिरेविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा (नासु) रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट लेखनका क्रममा भन्सार विभागका पूर्व कर्मचारी समेत रहेका घिमिरेलाई छिराएको भन्दै विवादमा परेका थिए । सोही विषयलाई लिएर उनले अर्थमन्त्रीबाट राजीनामा समेत दिनुपरेको थियो ।

आयोगले आइतबार विशेष अदालत काठमाडौँमा घिमिरेले २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँमा अकुत आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो।

२०५२ कात्तिक २८ देखि सार्वजनिक सेवमा प्रवेश गरेका घिमिरेको गत पुस १२ गतेसम्मको आय आर्जन अनुसन्धान हुँदा उनको अवैध आम्दानी भेटिएको हो।

जाँच अवधिमा घिमिरेको वैध आम्दानी ५ करोड २५ लाख १६ हजार ३२७ रुपैयाँ देखिए पनि उनले ७ करोड ३९ लाख ६२ हजार ९८४ कमाएको अनुसन्धानको क्रममा खुलेको आयोगले जनाएको छ।

वैध स्रोतको तुलनामा उनको आम्दानी २ करोड १४ लाख ४६ हजार ६५७ बढी देखिएको आयोगले जनाएको छ। आयोगले श्रीमती गौतमलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेको छ।

घिमिरेसँगै आयोगले उनकी श्रीमती शारदा घिमिरेलाई पनि विपक्षी बनाइएको छ। शारदाको नाममा रहेको सम्पत्तिबाट पनि बिगो जफत गर्न अख्तियारले माग दाबी गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।