ट्राफिक प्रहरीद्वारा क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्युआर कोडसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरेको छ। कार्यालयले गत बिहीबारदेखि यस्तो सेवाकाे शुरुवात गरेको हो ।

सवारी साधनको कागजपत्र हराएको भनी प्राप्‍त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्रहरू भए/नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिन थालेको हो।

सिफारिस पत्रमा शंका लागेमा जुनसुकै क्‍युआर कोड रिडरमार्फत स्क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी चेक गर्न सकिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।