कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

मन्त्रीपरिषदको पूर्णता, उपनिर्वाचन, समय समायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, विपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।