ज्ञानेश्वर तिवारीको ‘सेल्फी मोबाइल’मा रोशन र प्रिज्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गीतकार ज्ञानेश्वर तिवारीको सेल्फी मोबाइल बोलको गीतको भिडियो सार्वजनिक भएको छ। संगीतकार दीपक शर्माको संगीत रहेको सेल्फी मोबाइलमा पछिल्लो समयका लोकप्रिय गायक किरण गजमेर र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। जसमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ। 

नृत्य शैलीको गीतमा जोडीको प्रेमालाप देख्न सकिन्छ। चर्चित टिकटक स्टार सुधीर श्रेष्ठ, मोडल रोशन केसी, जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको रोमान्टिक गीतको भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक माधव शर्माले  गरेका हुन।

भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन सम्पादन मिलन श्रेष्ठले मेहनत गरेका छन। सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।