रावा इनर्जीको आईपीओ चैत २३ गतेदेखि, कसले भर्न पाउँछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चैत २३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका खोटाङका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।

सो आइपीओमा खोटाङको केपीलासगडी गाउँपालिका (साविकको फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस)का सम्पूर्ण बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका ५६ लाख रुपैयाँ बराबरका ५६ हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र ढिलोमा वैशाख २२ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानीले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन https://ipoapply.prabhucapital.com बाट पनि आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेकाले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।