काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा पुगेको छ ।
यसदिन २५८ कम्पनीको ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ बराबरको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको परिसूचकमा हरियाली बढेको छ भने ५ समूहको घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार १ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
Comment