गुरुराज घिमिरेले कांग्रेस परित्यागको संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कांग्रेसमा संस्थापनइतर समूहबाट राजनीति गरिरहेका  पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेस परित्यागको संकेत गरेका छन् ।

कांग्रेसभित्रका वैचारिक नेताका रुपमा चिनिने घिमिरेले फेसबुकमा लेखेका छन् 

-‘नयाँ वर्षमा नयाँ राजनीतिक निर्णय !,’राजनीति नयाँ शिराबाट ! परम्परागत राजनीतिको अन्त्य !’ उनले गर्ने नयाँ निर्णयबारे भने प्रष्ट पारेका छैनन् ।

०५९ सालदेखि ०६१ सालसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष भएर काम गरेका नेता घिमिरे नेपाली कांग्रेसभित्रका वैचारिक नेताका रुपमा चिनिन्छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।