नबिल बैंकले सार्वजनिक गर्‍यो हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकले सन् २०२२ को हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंकको इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्सिङ डिभिजनअन्तर्गत भएको कर्जा तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो। 

नबिल बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) को प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेमध्ये एक हो। आईपीएफ पोर्टफोलियोमा ऊर्जा, सिमेन्ट, वायुसेवा, दूरसञ्चार सेवा र अन्य व्यावसायिक क्षेत्रमा भएका विभिन्न लगानी र प्रवाह भएका कर्जा पर्छन्। 

प्रतिवेदनअनुसार सन् २०२२ मा आईपीएफको कार्बन उत्सर्जन ८० हजार ६ सय ७१.३७ टनबराबर भएको पाइएको छ। बैंकले निर्माण, वायुसेवा र इन्टिग्रेटेड टेलिकम्युनिकेसन सर्भिसमा गरेको १० करोड ४० लाख डलर कर्जा तथा लगानीमा उक्त परिमाणको उत्सर्जन देखिएको हो। यी तीनवटा क्षेत्रमा बैंकको डेटा क्वालिटी स्कोर क्रमशः ४, ४ र २ रहेको छ। 

साथै जलविद्युत् र सौर्य ऊर्जातर्फको लगानीले २ हजार १ सय ३१.८१ टन कार्बन उत्सर्जन रोक्न सफल भएको प्रतिवेदनमा उल्लेख छ। जसमा बैंकले २ करोड ८० लाख डलर कर्जा तथा लगानी गरेको छ। यी दुईमा बैंकको डेटा क्वालिटी स्कोर क्रमशः ३, ३ रहेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।