नागढुंगा सुरुङ मार्गको अवधि पुरै सकियो, आधा काम सकिएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं प्रवेश गर्ने मुख्य प्रवेशद्धार नागढुंगामा निर्माणाधीन सुरुङमार्गको आयोजनाको समग्र भौतिक प्रगति ५०.१५ प्रतिशत भएको छ।  ४२ महीनाको निर्माण अवधि तोकेर २०७६ असोजमा यसको निर्माण शुरु गरिएको थियो।

तर, शुरुको अनुमानित निर्माण अवधि सकिँदा आयोजनको काम आधा सकिएको हो। आयोजनाका अनुसार, मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर खन्नुपर्नेमा १ हजार ८६९ मिटर खनिएको छ। सुरुङ खन्न जाने बाटो (अडिट) २ हजार ५५७ मिटरमध्ये २ हजार १२७ मिटर खनिएको छ।

आयोजनाअन्तर्गत तीन पुल, एक ओभरपास, कल्भर्ट, अन्डरपास लगायतका कामको निर्माण सकिएको छ। २.६८ किलोमिटर लामो सुरुङ मार्गको को ३.५ मिटर चौडाइका दुई लेन हुनेछन्।

नागढुंगाको यातायात सहज बनाउन सन् २०१३ देखि २०१५ सम्ममा गरिएका सर्वेक्षण पश्चात् यो सुरुङ मार्ग निर्माणको योजना अघि बढेको थियो। यो आयोजना निर्माणका लागि नेपाल र जापान सरकारबीच सन् २०१६ मा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो।

जापान सरकारले यो आयोजनाका लागि १६ अर्ब ६३ करोड जापानी येन ४० वर्षका लागि वार्षिक ०.०१ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा ऋण दिएको छ। आयोजनामा जग्गा खरिद लगायतका कामका लागि नेपाल सरकारको खर्च हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।