सांसद र मन्त्रीज्यूको स्वकीयको तलब कटौती गरेर राष्ट्रिय खेलाडीको तलब बढाइयोस् – ज्ञानेन्द्र शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद बनेका प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले मन्त्री तथा सांसदहरूको तलब कटौती गरेर राष्ट्रिय खेलाडीको तलब बढाउनु पर्ने बताएका छन्।

शाहीले आइतबार संसद बैठकको शून्य समयमा बोल्दै खेलाडीको तलब बढाउनु पर्ने र रंशगाला बनाउनु पर्ने बताए।

कुल बजेटको ०.१३ प्रतिशतमात्रै खेलकूदका लागि छुट्याइएको र खेलाडीलाई सांसदका स्वकीय भन्दा कम तलब दिइएको बताउँदै सबै सांसदहरुका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको तलब वृद्धी गर्न माग गरेका छन्।

‘यो देशमा संसारमा यदि कसैले चिनाउछ भने त्यो खेलाडीले चिनाउँछन् तर आज राष्ट्रिय टोलीका कप्तान समेत रहेका सुजल श्रेष्ठ अष्ट्रेलिया जान बाध्य भए। त्यस्तै, एक विद्यालयमा कक्षा १२ को विद्यार्थीहरुको बिदाइ गर्दै गर्दा विद्यार्थीहरुले खाडीमा भेटौँला भने, आज युवाहरूको अवस्था त्यो छ।

त्यहीँ भएर म भन्न चाहन्छु, हामी सबै सांसद, मन्त्रीहरुको स्वकीयको तलब कटौती गरेर खेलाडीहरुको तलबमा वृद्धि गरियोस् र रंगशाला बनाइयोस्।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।