टेलिकमको भोल्टी भ्वाइसमा समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको भोल्टी भ्वाइस सेवामा समस्या देखिएको छ । बुधबार बिहान टेलिकमको सुूचना जारी गर्दै समस्याबारे जानाकारी गराएको हो ।

फोरजी एलटीई प्रविधिमै एचडी भ्वाइस तथा भिडिओ कल गर्न सकिने गरी ल्याइएको सेवामा समस्या देखिँदा यसबाट केही प्रयोगकर्ता प्रभावित भएका हुन् । कम्पनीका डाटा तथा भ्वाइस सेवाहरु निर्वाध रुपमा चलिरहेको टेलिकमले जनाएको छ ।

छोटो समयका लागि ग्राहकहरुमा पर्नगएको असुविधाप्रति क्षमा माग्दै कम्पनीले सेवाहरु यथावत् रुपमा प्रयोग गर्न कुनै कठिनाई महशुस भएमा मोबाइल स्वीच अफ गरी अन गर्न अनुरोध गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।