जसपाले बोलायो विधान अधिवेशन समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बोलाएको छ। 

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक मंगलबार बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

उनका अनुसार विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसकेको जनाएको छ। 

चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिइसकिएको थापाले जानकारी दिए। जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।