दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५८ कम्पनीको १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँ बराबरको ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

एक कम्पनीको मुल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।