जिउँदा मान्छे सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छे डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम छ ।

डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ ।

मटेलीले आफू मृत्युतुल्य अवस्थामा रहेका कारण यसमा कुनै अप्ठेरो नमान्ने जवाफ दिएका छन् ।‘म मरे सरहनै छु सर, शरीरमा ३ ठाउँ गोली लागेको मान्छे, हातखुट्टा चल्दैन, स्वास मात्रै बाँकी छ’ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।