काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएको भन्दै सो पुरस्कारको दिन लागेका हुन् ।
विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । ‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् म तपाईहरूको सुखदुखमा सधै साथमै रहनेछु प्रधानमन्त्रीले भने, ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोरबोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन्।
साथै यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
Comment