प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्टमा अनावश्यक पोष्ट रिट्वीट भएको छ। 

ह्याकरको नियन्त्रणमा रहेको आशंका गरिएको छ।

पछिल्लो पटक फरक फरक तीनवटा असान्दर्भिक पोस्ट भएका छन्। आज विहान २ बजेर ४ मिनेटमा पहिलो रिट्वीट भएको छ। यस्तै तीन बजेर ४० मिनेटमा अर्को र ५ बजेर २७ मिनेटमा अर्को रिट्वीट भएको देखिएको छ। 

प्रधानमन्त्री प्रचण्डको सचिवलायले ने प्राविधिक टोलीले हेरिरहेको बताएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले ह्याक भएको आशंका रहेको भन्दै प्राविधिक टोलीले काम थालेको बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।