दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५३ कम्पनीको १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँ बराबरको ३७ लाख १६ हजार ९८४ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ को बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । मंगलवार १ अर्ब ३३ करोड बढीको कारोबार भएको थियो ।

घट्दो बजारमा दुई कम्पनीको मुल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।