दुर्गा प्रसाईंको आरोप- कालोमोसो दस्ताका संयोजकलाई समातेर सरकारले संविधानप्रदत्त अधिकार हनन् गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानका युवा दस्ता कालोमसो दस्ताका संयोजकलाई पक्राउ गरेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजक शम्भु थापालाई पक्राउ गरेर सरकारले अराजकता देखाएको आरोप लगाए । पक्राउ परेका संयोजक थापालाई भने प्रहरीले छोडिसकेको छ ।

उनले अन्य राजनीतिक दलका युवा संगठनहरू भएजस्तै आफूहरूको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको भएपनि दस्ताले हालसम्म कसैलाई कालोमसो नदलेको भए पनि सरकारले पक्राउ गरेर व्यक्तिको संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताए । 

उनले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजकाविरुद्ध आफूहरूले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको स्पष्ट पारे । उनले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तका विरुद्धमा गाउँ–गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गरे ।

उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरूलाई तिर्न पनि आग्रह गरे । तिर्न नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने उनले बताए । प्रसाईंले लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने पनि बताए । प्रसाईंले बैंक तथा लघुवित्तविरुद्धको आन्दोलन जारी रहेको बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।