निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन्।

सोमबार शीतलनिवासमै पद तथा गोपनीयताको सपथ लिएका राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारी सवार गाडीमै पुगेर बिदाइ गरेका हुन्।

निवर्तमान राष्ट्रपति भण्डारीलाई सेनाले २१ तोपको सलामी दिएर बिदाइ गरेको छ। राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने संवैधानिक व्यवस्था छ। भण्डारी बालुवाटारस्थित छोरीको घरमा सर्ने बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।