विज्ञापन बोर्डले भन्योः मदिराको प्रचारप्रसार गरेमा सञ्चारमाध्यम र विज्ञापनदातालाई कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विज्ञापन बोर्डले सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीलाई मदिरा र मादक पदार्थको प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । आइतबार बोर्डले विज्ञप्ति जारी गरी मादक पदार्थ र मदिरा जन्य सामग्रीको विज्ञापन नगर्न निर्देशन दिएको हो ।

बोर्डले कुनै पनि सञ्चारमाध्यमबाट अबदेखि मदिराको विज्ञापन गर्न नपाइने गरी सचेत गराएको छ । ‘बाह्य होर्डिङ बोर्डमा पनि विज्ञापन गर्न पाइँदैन, त्यस्ता विज्ञापन भएमा तत्काल हटाउन विज्ञापनदाता, विज्ञापन एजेन्सीका साथै स्थानीय तहलाई समेत अनुरोध गरिन्छ,’ बिज्ञप्तिमा लेखिएको छ ।

सर्वोच्च अदालतले बोर्डलाई गत ११ गते कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न र नगराउनु तथा त्यसको अनुगमन गरी दुई महिनाभित्र बोर्डले प्रतिवेदन बुझाउन आदेश दिएको थियो ।

अदालतको आदेशबमोजिम बोर्डले मदिराको विज्ञापन प्रकाशन भए नभएको अनुगमन गरिरहेको जनाएको छ । ‘कोही कसैबाट विज्ञापन प्रकाशन तथा प्रसारण गरिएको पाइएमा विज्ञापनदाता, एजेन्सी तथा सञ्चारमाध्यमलाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ का साथै प्रचलित कानुन बमोजिम कारबाही हुन्छ,’ विज्ञापनमा बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।