राष्ट्रपति भण्डारीको कार्यकाल आजसम्म, आजै शीतलनिवास छाड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज आइतबार सकिंदैछ। उनी २०७४ फागुन २९ गते राष्ट्रपति निर्वाचित भएकी थिइन्। 

पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आइतबार नै शीतल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन्। 

उनको बूढानीलकण्ठमा निजी निवास छ। जुन घर २०७२ अघि नै बनाइएको थियो। जसलाई केही समय पहिलेदेखि मर्मत सम्भारको काम भइरहेको छ। भवन बाहिर सुरक्षा सेन्ट्री पोस्ट र भवनको पछाडी सुरक्षाकर्मीका लागि ब्यारेक निर्माणको काम भइरहेको थियो।

राष्ट्रपति भण्डारी आफ्नो दोस्रो कार्यकाल सकेर बिदा हुन लागेकी हुन्। उनी पहिलोपटक २०७२ कात्तिक ११ गते राष्ट्रपति चुनिएकी थिइन्।

शितल निवासबाट भण्डारी बाहिरिएसँगै नयाँ राष्ट्रपतिको प्रवेश हुनेछ। गत बिहीबार नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।