गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जना उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्ता गठबन्धनको प्रधानमन्त्री निवासमा बसेको वैठकमा सहमति
नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले
उम्मेदवारी दिने भएका छन् ।

जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको हो ।

पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला
र पुरुष दुवै उम्मेदवार उठाउने र जनमतले ममतालाई उम्मेदवार बनाउने तयारी
गरेको हो ।

सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच
उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ । उपराष्ट्रपतिको निर्वाचनका
लागि मनोनयन दर्ता आज हुँदैछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।