निर्वाचितको भएको भोलिपल्ट ओलीले भने- मेरा मित्र रामचन्द्रलाई बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको भोलिपल्ट नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

शुक्रबार बिहान अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्वीटमार्फत उनले लेखेका छन्,’नेपालको तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका नेता एवम् मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार भएको मतदानमा पूर्व सभामुख रामचन्द्र पौडेल निर्वाचित भएका थिए । आफ्ना प्रत्याशी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।