प्राधिकरणले रोक्यो श्री एयरलाइन्सका उडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको छ।

भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि अनिश्चितकालका लागि उडान गर्न रोक लगाएको हो ।

बिहीबार ७८ जना यात्रु बोकेर भैरहवा जाँदै गरेको श्रीको विमानको दायाँ इन्जिनमा आगलागी भएको संकेत ककपिटमा देखिएपछि उक्त विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो ।

उक्त विमान काठमाडौंमा अवतरण गराइएपछि प्राविधिकहरुको निगरानीमा राखिएको थियो भने त्यसलाई जाँच गर्ने श्रीका दुई प्राविधिकलाई प्राधिकरणले दिउँसै निलम्बन गरेको थियो ।

आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ।

केही दिनभित्र जहाजका इन्जिनको सुरक्षा जाँच सकिनेछ। त्यसपछि जहाज उड्न योग्य भएमा श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछन्।

श्री एयरलाइन्सका साना-ठूला गरी ८ वटा जहाज छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।