राष्ट्रपतिमा निर्वाचित पौडेललाई प्रधानमन्त्रीद्वारा बालुवाटारमा स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा निर्वाचित भएपछि रामचन्द्र पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

निर्वाचित भएसँगै पौडेल धन्यवाद ज्ञापन गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पौडेललाई स्वागत गर्दै बधाई दिएका छन्।

पौडेलका साथमा उनकी पत्नी सविता पौडेल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि बालुवाटार पुगेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।