रविको मुद्दा फैसलाको पूर्णपाठ सार्वजनिक,के छ पूर्णपाठमा?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको छ ।

सर्वोच्च अदालतले चितवन–२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेविरुद्धको मुद्दामा गत माघ १३ गते नेपाली नागरिकताको पुनर्प्राप्तीको प्रक्रिया नभएको भन्दै उम्मेदवारी खारेज गरेपछि लामिछानेको सांसद पद गुमेको थियो।

अदालतको फैसलापछि लामिछानेले माघ १५ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुन: प्राप्त गरेका थिए ।

आउँदो वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदैछ। लामिछाने पुन: उम्मेदवारी दिने तयारीमा छन्। फैसलाको पूर्णपाठ आएसँगै लामिछानेलाई पुन: उम्मेदवारी दिने बाटो खुलेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।