काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ८ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यधिक मतले जित्ने दाबी गरेका छन् ।
मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ८ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले राष्ट्रपतिमा पौडेल भारी मतले विजयी हुने दाबी गरेका हुन् ।
उनले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताए । उनले राष्ट्रपति निर्वाचनको व्यवस्थापनसम्बन्धी छलफल भएको बताए । उपसभापति खड्काले गठबन्धनकै बलमा आगमी दिनमा ८ दलीय गठबन्धनलाई व्यापक र विस्तार गर्दै जाने बताए ।
Comment