कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।

बोर्डका अनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक भएको हो।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी हुनेछ। परीक्षा समय बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म तोकिएको छ। तालिका अनुसार जेठ ५ गते परीक्षा सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।