ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले डिजिटल होली योजना सार्वजनिक गरेको छ। 

मोबाइल बैंकिङ एप्लिकेशन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको बैंकले बताएको छ।

यो योजना अन्र्तगत ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ।

यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत ग्राहकहरुले आफ्नो मनपर्ने रङको नाम लेखि भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (१५० रूपैयाँसम्म) क्यासब्याक पाउनेछन्। 

बैंकले आफ्नाग्राहकको सुविधालाई मध्यनजर गरी समय-समयमा यस्ता योजनाहरु ल्याएर  आएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई हर्षोल्लासका साथ होली मनाउन आग्रहसमेत गरेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।