लिग–२:पीएनजीले यूएईलाई हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) ले युएईलाई ५ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २६.२ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। पीएनजीका लागि ‌ओपनर टोनी उराले ६३ बल खेलेर नटआउट ३५ रन जोडे।

सेसे बाउ १८ रन र हिरी हिरीले १४ रन जोड्दा अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जितसँगै पीएनजी ३२ खेलबाट ९ अंक जोड्दै तालिकाको पुछारमा छ भने यूएई ३१ खेलबाट ३१ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।

सोमवार यूएईले नेपालसँग प्रतिस्पर्धा गर्दैछ। ३१ खेलबाट ३० अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।