यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो ।

दिपेश कँडेलले ह्याट्रिक गरेपछि नेपाल श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट भएको हो ।

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८४ रनमै समेटियो। यूएईका लागि इथान कार्ल्स डिसुजाले ५०, आर्यन सक्सेनाले ३४, आयांश शर्माले ३२, अम्मर बदामीले १९ र ध्रुव पराशरले १७ रन बनाए।

नेपालका लागि दिपेश कँडेलले पाँच, हेमन्त धामी र सुवास भण्डारीले दुई-दुई विकेट लिए।

यसअघि नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो। नेपालका लागि कप्तान देव खनालले अर्धशतक बनाए। खनालले ८४ बलमा ५१ रन बनाए।

त्यस्तै, विशालविक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दीपेश कँडेलले १५, हेमन्त धामीले १३, मिलन बोहराले १०, आकाश त्रिपाठीले नौ, आकाश चन्दले चार, अर्जुन कुमालले तीन र सुवास भण्डारीले दुई रन बनाए।

यूएईका लागि ध्रुव परासरले तीन, आयान अफजल खानले दुई तथा हर्षित सेठ र अम्मर बदामीले एक(एक विकेट लिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।